६ भाद्र २०८०, बुधबार १०:०१
काठमाडौं, भाद्र ६
मलेसियामा जारी टी–ट्वान्टी शृंखला अन्तर्गत आज नेपाली महिला क्रिकेट टिमले कुवतेसँग खेल्दैछ। मलेसियाको बायोमास क्रिकेट मैदानमा मध्याह्न पौने १२ बजे सुरु हुनेछ।
प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले मंगलबार सम्पन्न खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा ८५ रनको लक्ष्य पाएको नेपालले १५ ओभर एक बलमा ८७ रन बनाउँदै पहिलो जित हात पारेको थियो।
कुवेत पहिलो खेलमा मलेसियासँग हार बेहोर्दै नेपालविरुद्ध मैदान उत्रन लागेको हो। मेलसियासँग कुवेत ८ विकेटले पराजित भएको थियो।





