८ भाद्र २०८०, शुक्रबार १६:४९
काठमाडौं, भाद्र ८
४ देश सम्मिलित महिला टी-२० अन्तरराष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ।
हारका बाबजुद नेपालले फाइनलमा स्थान बनाउँदा आजको खेलमा विजयी भएको मलेशिया भने फाइनल पुग्न असफल भयो।
नेपाल, हङकङ र मलेसिया तीनै टोलीको अंक ४/४ रहे पनि नेट रनरेटका आधारमा अघि रहेको नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका हुन्।
यसअघि नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो।





