९ भाद्र २०८०, शनिबार ११:०६
काठमाडौं, भाद्र ९
गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ।
धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ।
गएराति १२ बजेदेखि आजराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिर्नुभएको छ ।
हिन्दु र गैरहिन्दु दुवै पक्षले आज विरोधका कार्यक्रम आयोजना गरेपछि थप द्वन्द्व सिर्जना नहोस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको पाण्डेले बताउनुभयो ।





