फाइल तस्बिर
११ भाद्र २०८०, सोमबार ०७:३८
काठमाडौं, भाद्र ११
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ ।
हिजो काठमाडौमा आयोजित वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको कारण वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक भएको बताउनुभएको हो । वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताउनु भयो ।
गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताउनु भयो । कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन समेत अनुरोध गर्नुभयो ।





