१४ भाद्र २०८०, बिहीबार ०८:१५
काठमाडौं, भाद्र १४
आईसीसी टी–ट्वान्टी महिला विश्वकपको एसिया क्षेत्र छनोट आजदेखि मलेसियामा सुरु भएको छ।
११ देश सम्मिलित प्रतियोगितामा नेपाल उपाधि दाबेदार टोली हो। नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेर ग्लोबल छनोटमा पुग्न चाहन्छ।
प्रतियोगिताको फाइनलमा पुग्न मलेसिया, यूएई, हङकङ र थाइल्यान्ड नेपालका लागि सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेका छन्। मलेसिया र यूएई नेपाल रहेकै समूह ए मा छन्।
समूह ए मा रहेका बहराइन, भुटान र कतारले पनि राम्रो तयारी गरेका छन्। ६ टोली रहेको समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्।
बायमास ओभल मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहेको छ।





