१५ भाद्र २०८०, शुक्रबार १८:१४
काठमाडौं, भाद्र १५
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ ।
मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताउनुभएको हो । शुक्रबार काठमाडौमा शुरु भएको ट्रेड एक्स्पो उद्घाटन पछि सञ्चारकर्मीमाझ सो जानकारी गराउनुभएको हो ।
ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको मन्त्री बस्नेतको भनाई थियो ।





