१८ भाद्र २०८०, सोमबार २२:१३
काठमाडौँ, भाद्र १८
नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रम सहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।
हिजो आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो।
बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो।





