१९ भाद्र २०८०, मंगलवार ०७:४८
काठमाडौं, भाद्र १९
एसिया कप क्रिकेटमामा नेपाल भारतसँग पराजित भएको छ ।
सोमबार श्रीलंकामा भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १ सय ४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा पूरा गरेको छ ।
भारतको जितमा रोहित शर्माले ७४ र शुभ्मन गिलले ६७ रन जोड्नु भएको छ । यो पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ बलमा २ सय ३० रन बनाउँदा अल आउट भएको थियो । नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्शन झाले २३ रन बनाउनुभएकाे थियाे ।





