भरतपुर, भाद्र २६
सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज, चितवनको आयोजनामा “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिषरमा संभवत नेपालमै पहिलोपटक यस प्रकारको जब फेयर सम्पन्न भएको हो ।
मेलामा ७ वटा सूचना प्रविधि सम्बन्धी कम्पनी र एउटा होटलले जबको अफर गरेको कलेजले जनाएको छ । आइएसएमटी चितवनका एशोसियट अपरेशन मेनेजर अस्मित आचार्यले विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अभ्यास गर्न र स्वदेशमै रोजगारीको अवसर दिन जब फेयर आयोजना गरिएको बताउनुभयो ।
मेलामा कलेजका बीएचम, बिएसआईटी पढ्दै गरेका र पढाई सकेका विद्यार्थीलाई लक्षित गरिएको उहाँले बताउनुभयो । दिनभर चलेको मेलामा सय भन्दा बढीले आवेदन दिएको र अन्य सहभागी गरी दुईसय भन्दा बढीको सहभागिता रहेको थियो।





