२६ भाद्र २०८०, मंगलवार ०८:००
काठमाडौं, भाद्र २६
राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।
हिजो सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो ।
आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ ।





