२६ भाद्र २०८०, मंगलवार ०८:४०
काठमाडौं, भाद्र २६
एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जित निकालेको छ ।
श्रीलंकाको कोलम्बोमा सोमबार भएको सुपर फोर चरणको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलमा टस हारेर पहिला व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो । भारतको लागि विराट कोहलीले १ सय २२ रन तथा लोकेश राहुलले १ सय ११ रनको अविजित पारी खेले ।





