२७ भाद्र २०८०, बुधबार १०:३१
काठमाडौं, भाद्र २७
भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा भएकाे सुपर फोर अन्तर्गतकाे दाेस्राे खेलमा सहआयोजक श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।
भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएकाे श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो ।





