चितवन, भाद्र २७
कालिका नगरपालिकाको आयोजनामा ई–हाजिरी प्रयोग तथा व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गर्नुभएको हो । नगरभित्रका ३७ विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना प्रविधि शाखा अधिकृत घनश्याम वास्तोलाले तालिम प्रदान गर्नुभएको हो ।
सो तालिमलाई सम्बोधन गदैं कालिका नगरपालिका नगरप्रमुख विनोद रेग्मीले नगरपालिका अन्र्तगतका सबै विद्यालयहरुमा व्यवस्थित र अनुशासित बनाउन ई–हाजिरी लागू गर्न लागिएको बताउनुभयो । नगरप्रमुख रेग्मीले अबदेखी विद्यालयमा ई–हाजिरी अनिवार्य रुपमा लागू गरिनेमा जोड दिनुभयो । तालिमको विशिष्ट अतिथिमा प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम रहनुभएको थियो भने अन्य अतिथिहरुमा नगर शिक्षा समिति सदस्य जित बहादुर भट्टराई र चन्द्र गुरुङ रहनुभएको थियो ।
शिक्षा तथा युवा शाखाका शिक्षा अधिकृत चन्द्रादेवी शर्माले सहजीकरण गर्नुभएको तालिम कालिका नगरपालिका ४ वडाअध्यक्ष एवं सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।





