२८ भाद्र २०८०, बिहीबार ०८:४३
काठमाडौं, भाद्र २८
आज कुशै औंशी । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसीमा घर घरमा कुश भित्र्याउने तथा पितृकर्म गर्ने ग रिन्छ ।
वैदिक सनातन धर्मावलम्बीहरुले आज देव तथा पितृ कर्ममा अनिवार्य चाहिने वनस्पति कुश भित्र्याउने गर्दछन् ।
विहानै नुहाईधुवाई गरी मन्त्रोच्चारणसहित उखेलेको कुश घरको ढोकामाथि कसैको छोईछिटो नहुने गरी राख्ने चलन छ । पुरेतहरुले यजमानका घर घरमा कुश पुर्याइदिने पनि गर्दछन् । घरमा कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
सनातन धर्मावलम्वीहरुले कुशलाई पनि भगवान् विष्णुको प्रतीक मान्ने गर्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । यस अवसरमा आज जन्मदिने बाबुको सम्मान गर्ने चलन पनि रहेको छ ।





