१ आश्विन २०८०, सोमबार ०९:१२
काठमाडौं, असोज १
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताउनुभयो ।
मन्त्री महतले वैदेशिक मुद्राको सञ्चिति राम्रो भएको बताउनुभयो । पर्यटकको आगमन पनि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले ब्याज कम गर्नुपर्ने बताउनुभयो ।





