काठमाडौँ, असोज ३
आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।
दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ। यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ।
जसअनुसार हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको छ। आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको छ।
विसं २००७ देखिको नेपाली जनताको संविधानसभाबाट संविधान जारी गर्ने इच्छा २०७२ मा आएर मात्रै पूरा भयो । यो संविधानले मुलुकलाई संघीतामा लग्यो । २०७२ को संविधानको महत्वपूर्ण विषय भनेकै संघीयता हो । यही संविधान बमोजिम संघीय,प्रदेश र स्थानीय गरी तीन तहको सरकार गठन भयो ।





