४ आश्विन २०८०, बिहीबार ०८:०७
काठमाडौं, असोज ४
साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको प्रि–म्याच कन्फरेन्समा नेपालका कप्तान जियारथ शेखले छोटो तयारीका बाबजुद टिम लयमा रहेको बताउनुभयो ।





