५ आश्विन २०८०, शुक्रबार ०७:४४
काठमाडौं, असोज ५
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदैछ। बिहिबार भएको वार्ता निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो।
कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुंगो लागेको बताउनुभएको छ ।





