१० आश्विन २०८०, बुधबार ०६:३४
काठमाडौं, असोज १०
साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग खेल्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजेर ३० मिनेटमो सुरु हुनेछ। भुटानमाथि २–१ को रोमाञ्चक जित निकाल्दै भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो।
नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।
आजै हुने अर्को खेलमा पाकिस्तान र भुटान भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो १ बजेर ३० मिनेटमा सुरु हुनेछ।





