१० आश्विन २०८०, बुधबार १७:३४
काठमाडौं, असोज १०
गृह मन्त्रालयले मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई हरेक दिन विहान योगाभ्यास गर्न निर्देश गरेको छ।
मन्त्रालयले आज एक सूचना जारी गरी भनेको छ, ‘ महाशाखाअन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन विहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तिमा १५ मिनेट योगाभ्यास/ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन सादर अनुरोध गरिन्छ।’





