११ आश्विन २०८०, बिहीबार १३:२६
काठमाडौं, असोज ११
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठुलो चुनौती रहेको बताउनुभयो ।
“हामीले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, यो योजना हामीले सफल पारेरै छाड्ने छाँै”, मुख्यमन्त्री शर्माले भन्नुभयो ।
त्यसका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।





