१२ आश्विन २०८०, शुक्रबार ०८:३५
काठमाडौं, असोज १२
नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार बिहानबाट मतदान हुँदैछ ।
मतदान पार्टी मुख्यालय च्यासलमा हुन लागेको हो । मतदानका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ ।
गत असोज ८ गतेबाट सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएपनि सहमति हुन नसकेपछि आज मतदान हुन लागेको हो ।





