१३ आश्विन २०८०, शनिबार २२:०३
चितवन, असोज १३
चितवन एक्स आई क्लब र सहिद स्मृती प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अन्तरस्कुल फुटसल प्रतियोगिता २०८० हुने भएको छ। चितवनमा असोज १५ र १६ गते फुटसल प्रतियोगिता २०८० गर्ने भएको हो ।
प्रतियोगिता क्षेत्रपुरस्थित ब्रदर्श फुटसल एरिनामा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । खेल ७/७ मिनेटको हुनेछ ।
उक्त प्रतियोगितामा चितवन जिल्ला र जिल्ला आसपासका मकवानपुर र नवलपुर जिल्ला स्कुलहरुले पनि प्रतियोगितामा सामेल हुन टिम दर्ता गराएको क्लबका अध्यक्ष सुशील कार्कीले बताउनुभयो ।
प्रतियोगितामा सहभागी शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । फुटसल प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँसहित मेडल, ट्रफी, प्रमाणपत्र र द्वितीय हुनेले २० हजारसहित मेडल, ट्रफी, प्रमाणपत्र पुरस्कार पाउनेछन् ।





