चितवन, असोज १८
अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत कालिका ६ खाेलेसिमलमा पहिलाे ईकाईगत साधारणसभा आज (बिहिबार) सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र कालिका नगरपालिकाका नगर प्रमुख बिनाेद रेग्मीकाे प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरीएको हो ।
ईकाईगत साधारणसभामा ०७९/०८० काे प्रगति र आगामी बर्षकाे नीति तथा कार्यक्रम एवं ०७९/०८० आय-ब्यय र आगामी बर्ष ०८०/०८१ काे अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरिएकाे थियाे ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्रृजना बसौला देवकोटा ले गर्नुभएको थियो भने काेषाध्यक्ष दिपकराज वाग्लेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे हो ।
कार्यक्रममा कालिका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कालिका नगरपालिका सहकारी बिभागका प्रमुख प्रकाश पाैडेल, संस्थाका पदाधाकरीहरू, कर्मचारीहरू, संस्थाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र विशिष्ठ अतिथिहरूलाई संस्थाकाे तर्फबाट मायाँकाे चिनाे प्रदान गरिएकाे थियाे । साधारणसभाकाे अबसरमा संस्थामा ०७९/८० मा उत्कृष्ट बचत तथा ऋणकाे काराेवार गर्ने सदस्यलाई सम्मान समेत गरिएकाे हो ।







