१९ आश्विन २०८०, शुक्रबार ०७:५७
काठमाडौं, असोज १९
बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ र १२ः२३ बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको हो।
मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि विभिन्न समयमा परकम्प भइरहेको छ।





