२० आश्विन २०८०, शनिबार ०९:३३
चितवन, असोज २०
अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गर्नुभयो ।
अर्थमन्त्री डा महतले भन्नुभयो, “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन।” आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उहाँले , “प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको छ।”





