२२ आश्विन २०८०, सोमबार ०८:३३
काठमाडौँ, असोज २२
नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।
सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।
इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउन नेपाल सरकारले अविलम्ब कुटनीतिक पहल गर्न कांग्रेस माग गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।





