चितवन, असोज २२
अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत भरतपुरमा प्रतिनिधि मुलक साधारणसभा हिजो (आईतबार) सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ का अध्यक्ष बिध्या काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष शालिग्राम शर्मा विशिष्ठ अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्रृजना बसौला देवकोटा ले गर्नुभएको थियो भने काेषाध्यक्ष दिपकराज वाग्लेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे हो ।
ईकाईगत साधारणसभामा प्रस्ताव र सभामा भएका निर्णयलाई एकीकृत गरि प्रतिनिधि मुलक सभामा संस्थाका व्यवस्थापक प्रेमप्रसाद ढकालले सहजिकरण गर्नुभएको हो । उक्त सभामा प्रस्तुत प्रस्तावहरूमा सामान्य संसाेधन सहित पास गरिएकाे थियाे ।





