फाइल तस्विर
२३ आश्विन २०८०, मंगलवार १७:२८
काठमाडौं, असोज २३
नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा आजबाट हटाईएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना मार्फत कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिनुभयो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो ।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउदै आएको थियो ।





