२७ आश्विन २०८०, शनिबार ०८:१४
काठमाडौं, असोज २७
राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ बताउनु भएको छ ।
दशै, तिहार लगायत चाडपर्वका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित संचारकर्मीहरुसँगको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो ।
उहाँले विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रदाँ आफ्नो पेशागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको पनि उल्लेख गर्नुभयो ।





