२८ आश्विन २०८०, आईतवार ०७:३७
काठमाडौं, असोज २८
आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कार्य हो । सफा हातले रोगव्याध लगायत अन्य संक्रमण र किटाणुहरुबाट समेत मानिसलाई पर राख्दछ ।विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ ।





