२८ आश्विन २०८०, आईतवार १०:४८
भरतपुर, असोज २८
भरतपुर ११ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को आफ्नै भबनमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नि:शुल्क स्वास्थ्य शिबिर कार्यक्रम नबल स्मार्ट क्लिनिक तथा डक्टरहरु टिम को सहयोगमा हिजो (शनिबार) भएको हो ।
उक्त कार्यक्रममा करिब १५४ जना शेयर सदस्यको निस्शुल्क स्वास्थ्य परीक्षण गरिएको संस्थाका व्यवस्थापक दिपेश ढकालले सर्वत्र खबरलाई जानकारी दिनुभएको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै क्लिनिक सँग सहकार्य गरेर नि:शुल्क शिविरका साथै नि:शुल्क रुपमा औषधी समेत वितरण गरिएको संस्थाका अध्यक्ष ज्ञानेन्द्र गिरीले बताउनुभयो ।














