३० आश्विन २०८०, मंगलवार ०७:४३
काठमाडौं, असोज ३०
मनसुन बाहिरिए पनि हाल नेपालमा पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





