चितवन, कार्तिक १
देशभर विविध कार्यक्रम गरी नेपाल प्रहरीले आफ्नो ६८ औ स्थापना दिवस मनाएको छ । यस वर्ष प्रहरीले गर्भको साथ सेवा, सम्मानको साथ सुरक्षा भन्ने नाराका साथ दिवस मनाईरहेको छ । चितवनमा पनि जिल्ला प्रहरीले कार्यलयले ६८ औ स्थापना दिवस दसै तिहार छठ लगाएतका पर्वहरुको शुभकामना आदन प्रदान गर्दै मनाएको छ । कार्यक्रममा प्रहरी प्रमुख वसन्त कुँवरले पठाएको सन्देश वाचन गरेर सुनाईएको थियो । सन्देशमा प्रहरीले राष्ट्र सेवामा गरेको योगदानको प्रशंसा गरिएको थियो । साथै प्रहरी सङगठलाई नागरिकको सेवाको प्रयाय बनाउन अपिल समेत गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनले स्थापना दिवसको अवसरमा कर्मचारीहरु वीच गराएको व्याडमिन्टन र टेवल टेनिसमा प्रथम र द्धितिय हुने टिमलाई पनि पुरस्कार वितरण गरेको हो ।
यसैगरी जिल्लास्तरीय खुल्ला निवन्ध प्रतियोगिता प्रथम , द्धितिय र तृतिय हुनेलाई पनि पुरस्कार वितरण गरिएको छ । निवन्ध प्रतियोगितामा पोलर स्टार भरतपुरकी आचल देवकोटा प्रथम, भिमोदय नमुना मावि कालिका नगरपालिकाकी आरधना कुमारी गुप्ता दोस्रो र पन्चकन्या मावि रत्ननगरबाट मनकुमारी दाहाल तृतिय हुनुभएको छ । प्रथम हुने देवकोटाको लेख वाग्मती प्रदेशमा पनि उत्कृष्ट ठहरीएर केन्द्रीय प्रतिस्पर्धामा पुगेको छ ।
कार्यक्रममा अमर प्रहरी परिवार र भुपु प्रहरी सङगठन चितवन का प्रतिनिधिले शुभकामना राख्नुभएको थियो । भरतपुरका विभिन्न वडाका अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नं. १० का अध्यक्ष परमेश्वर खनालले बधाई एवं शुभकामना दिदै चितवन प्रहरीको कार्यक्षमताको प्रशंसा गर्नुभएको हो ।

जिल्ला समनवय परिषदका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहायक सिडियो चिरन्जीवी शर्मा, राजु पौडेल , प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्की, पुर्व प्रहरी र विभिन्न अधिकारीहरुको उपस्थिति रहेको हो भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक हिम बहादूर केसी ले गर्नुभएको थियो ।







