४ कार्तिक २०८०, शनिबार ०७:२५
काठमाडौं, कार्तिक ४
एसीसी अन्डर नाइन्टिन प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बायोमास ओभलमा खेल बिहान सुरु हुनेछ।
नेपाली टोली समूह एु र जापान समूह डीको विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। यूएई समूह बी र सिंगापुर समूह सी को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्। दोस्रो सेमिफाइनल खेल पनि आजै हुनेछ।





