६ कार्तिक २०८०, सोमबार ०७:३४
काठमाडौं, कार्तिक ६
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।
जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ।
नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।





