१४ कार्तिक २०८०, मंगलवार ०८:००
काठमाडौं, कार्तिक १४
नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ। खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ।
नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।





