१७ कार्तिक २०८०, शुक्रबार ०७:५१
काठमाडौं, कार्तिक १७
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ ।
हिजो बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको हो। उहाँले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको बताउनुभयो ।
उहाँले अब ब्याजदर घट्ने बताउनुभयो । त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताउनुभयो । उहाँले मानिसहरूमा आत्मविश्वासको कमी भएका कारण खर्च गर्न हिचकिचाइरहेको परिस्थितिमा अब त्यस्तो परिस्थिति अन्त्य भएको बताउनुभयो ।





