१७ कार्तिक २०८०, शुक्रबार १५:२७
काठमाडौं, कार्तिक १७
नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो ।
यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।





