१८ कार्तिक २०८०, शनिबार १०:४६
काठमाडौँ, कार्तिक १८
भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्।
बैंगलुरुमा बिहान पौने ११ बजे हुने पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै आजै दिउँसो सवा २ बजे अहमदाबादमा अस्ट्रेलिया र इङ्ल्याण्ड भिड्दैछन्।





