२२ कार्तिक २०८०, बुधबार १५:१८
काठमाडौं, कार्तिक २२
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो ।





