२७ कार्तिक २०८०, सोमबार १०:४७
काठमाडौं, कार्तिक २७
आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध भारतले १६० रनको फराकिलो जित निकालेको छ।
बैंगलोरको एम चिन्नस्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्स सामु ४ सय १० रनको विशाल लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४७ दशमलव ५ ओभरमा २५० रन बनाउँदा सबै विकेट गुमायो।





