२ मंसिर २०८०, शनिबार ०७:०९
काठमाडौँ, मंसिर २
छठ पर्वको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा आज खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ ।
यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ आदिको बढी प्रयोग गरिन्छ ।
छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा भोलि नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।





