५ मंसिर २०८०, मंगलवार ०७:३७
काठमाडौं, मंसिर ५
फिफा विश्वकप फुटबल छनोट चरणको खेलमा नेपालले मंगलवार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ७ बजे सुरु हुनेछ ।
अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा छ ।
सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो।





