चितवन, मंसिर ५
चितवनको भरतपुर महानगरपालिका १६ शरणपुर गणेश मन्दिर परिसरमा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरि आयोजक समितिले जानकारी गराएको हो ।
मंसिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको मेला ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा विभिन्न जातजातिका खानाका परिकारको स्टल तथा स्थानिय उत्पादनको स्टल रहने छ ।
“घुमौं भरतपुर” नाराका साथ अयोजना हुन लागेको मेलाले भ्रमण बर्ष २०२४ लाई सफल पार्न समेत महत्वपुर्ण टेवा पुग्ने भरतपुर १६ का वडा अध्यक्ष अमृत हमालले बताउनुभयो । गणेश मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकिय रुपमा पनि निक्कै महत्वपुर्ण रहेकाले मेलालाई थप ब्यबस्थित बनाउन ध्यान केन्दृत गरिएको हमालको भनाइ छ ।
भरतपुर महानगर संरक्षक रहेको यस मेलालाई सफल बनाउन महानगर, वडा तथा केही संघसस्थाले आर्थिक सहयोग गरेको मेला समन्वय समितिका प्रमुख बिजय परियारले जानकारी दिनुभयो । सरोकारवाला सबै पक्षसग प्रभाबकारी समन्वय गरिरहेको परियारले बताउनुभयो ।
यस्तै मेलालाई शान्तिपुर्ण बाताबरणमा सम्पन्न गर्न प्रहरी र सुरक्षागार्डको समेत ब्यबस्था गरिएको जनाइएको छ । मेलामा गायक शिव परियार, अपेक्षा गिरि, बिपना सुनारको साङितिक प्रस्तुती रहने जनाइएको छ । साङ्गितिक कार्यक्रम निसुल्क हेर्ने ब्यबस्था मिलाईएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलन कार्यक्रम सुरज परियारले सन्चालन गनुभएको थियो ।





