११ मंसिर २०८०, सोमबार १७:५५
काठमाडौं, मंसिर ११
टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ। भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो।
लगातार दाेस्राे जितसँगै पाँच खेलको टि-२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ।
जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन मात्र बनाउन सक्यो ।





