१३ मंसिर २०८०, बुधबार १०:२५
काठमाडौं, मंसिर १३
प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप– २८ मा भाग लिन आज यूएई जाँदै हुनुहुन्छ ।
सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा मंसिर १४ गतेदेखि २६ गतेसम्म सम्मेलनको आयोजना हुँदैछ । प्रधानमन्त्री दाहालले मंसीर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।





