१४ मंसिर २०८०, बिहीबार ०८:२५
काठमाडौं, मंसिर १४
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ।





