चितवन, मंसिर १५
चितवनको भरतपुर वडा नं. ११ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत एकदिने लैङ्गिक हिंसा तथा आत्महत्या नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ । शुक्रबार भरतपुर ११ वडा कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवन, माइती नेपाल चितवन, मानव बेचबिखन नियन्त्रण जिल्ला संजाल र एकीकृत मानसिक स्वास्थ्य केन्द्र रत्ननगर टाँडीको सह आयोजनामा कार्यक्रम भएको हो ।
“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता“ भन्ने नाराका साथ वडाध्यक्ष कमल बहादुर मल्लको अध्यक्षता कार्यक्रममा भएको हो ।

यसैगरी झन्डै ४० जना सहभागी रहेको कार्यक्रममा प्रशिक्षण दिनेहरूमा मनोबिमर्शकर्ता सबिना भुसाल र सबिना बानियाँ रहनुभएको थियो । उहाँहरुले महिलाहरु माथी हुने ज्यादती, शोषण र अन्यायका बारेमा खुलेर कुरा गर्न र समस्यामा परेको भए उजुरी गर्न आग्रह गर्नुभएको थियो ।






