१६ मंसिर २०८०, शनिबार ०९:०७
काठमाडौं, मंसिर १६
नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो।
आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ।





